११ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर संकलन गर्ने भएको छ । बन्चरेडाडाँ पुग्ने सडक मर्मतका लागि एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट संकलन हुने महानगरपालिकाले जानकारी दिएको हो ।
अब बिहीबारबाट फोहोर उठाउने र ढुवानी गर्ने काम शुरू हुने महानगरको भनाइ छ । उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली एकमा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा सात दिन फोहोर नउठाउने निर्णय गरेको थियो । सडक निर्माणको काम बुधबार बेलुकासम्म सकेर बिहीबारबाट फोहोर उठाउने योजना महानगरको छ । महानगरले बिहीबार बिहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया