
११ साउन ०७९, काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।
बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन् । हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ ।
छिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २७६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २१८ भक्तपुरमा १७ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।
आज देशभर रहेका तीन हजार ९२९ जना सक्रिय संक्रमितमध्ये तीन हजार ७९४ जना होम आइसोलेसनमा र १३५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ३२ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया