७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जङ्गली च्याउ खाँदा ११ जना बिरामी




११ साउन ०७९, रसुवा । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।
जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ ।
उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्दर्थे भन्नेबारे एकिन थाहा नभएको डा फोजुले बताए ।
तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्

 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।