१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर शाहद्वारा ठमेलको सौन्दर्यकरणमा चासो



a’waf/ ;fFem b]lvPsf] ;’g;fg 7d]n ahf/ . czf]s b’nfn

१३ साउन ०७९, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (महानगर) ले चासो देखाएको छ ।
महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका हुन् । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गरेका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया गरेका छन् ।\


परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सिसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या समाधानका उपायसहित १० बुँदे ज्ञापनपत्र नगरप्रमुख शाहलाई बुझाएको छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल सुधार्ने माग र सुझावसहितको ज्ञापनपत्र नगरप्रमुख शाहलाई हस्तान्तरण गरे । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शाहले ठमेल क्षेत्रको समस्याबारे महानगरले वडा कार्यालयसँगको समन्वयमा थप अध्ययन गरेर समस्याको समाधान गरिने विश्वास व्यक्त गरे ।

परिषद्का अध्यक्ष शर्माले ठमेल क्षेत्रको समग्र समस्याको अध्ययन गरी ज्ञापनपत्र बुझाइएको बताए । नगरप्रमुख शाहलाई ठमेलको स्थलगत रुपमा समस्याको अवगत गराइएको थियो । ज्ञापनपत्रमा सडक बालबालिका, सडकमा माग्ने र ठेलागाडा व्यवस्थापन, सार्वजनिक शौचालय व्यवस्थापन, ठमेल सडक महोत्सव, परिषद्को भवन निर्माण गर्न जग्गा व्यवस्थापन, तालिमलगायत माग सम्बोधन गरिदिन महानगरलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ४२ बजे