७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं बौद्धबाट २३ वटा कछुवासहित २ जनालाई पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१४ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका् ६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ वटा छत कछुवासहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका ३ टोखा घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका ९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।
उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।