
१४ साउन ०७९, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।
आज बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।
उनका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ ।
यसअघि समाचारमा भुलबश शंशाक कोइरालाको तस्विर प्रकाशन हुन गएकोमा क्षमा सहित सच्याइएको छ । सम्पादक







प्रतिक्रिया