१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ठेचोको बाह्र बर्षे जात्रामा नियम लागू भएपछि (तस्विरहरु)



बाँधिएको अवस्थामा मन्दिरको घण्ट ।

१५ साउन ०७९, ललितपुर । हरेक बाह्र बर्षमा धुमधामसँग मनाउदै आएको नवदुर्गा भवानीको जात्रा सुरु भएसँगै नवदुर्गा भवानी गुठीले विभिन्न नियम जारी गरेको छ । ललितपुरको ठेचोमा नियम लागू भएपछि स्थानीयबासी संयमित रहेको पाइएको छ ।

नवदुर्गा भवानीले जारी गरेको सूचना पढ्दै आगन्तुक ।

परम्परा र संस्कृती अनुसार ठेचो बस्तीेमा साँझ परेपछि लगभग शुन्यता छाँउछ । हरेक रात कोही पनि हिडडुल नगर्न भनिएको छ । घण्टी बाजा बजाउन नहुने नियमपछि मन्दिरका घण्टहरु उल्टो बनाएर बाँधिएको छ । बस्तीभर फ्लेक्स र सूचना टाँगिएको छ । खुट्टा झुण्डाएर बस्न नपाउने नियमका कारण यहाँ पाटीमा खासै धेरै मान्छे भेटिदैनन । बसेका मान्छेहरु पनि नियम पालना गरेर बसेका छन् ।

पाटीमा नियमपुर्वक बसेका स्थानीयबासी ।

नवदुर्गा मन्दिर र श्वेतभैरव मन्दिरको मुल ढोकामा भोटेताल्चा लगाइएको छ ।

मन्दिर परिसर ।

भोटे ताल्चा लगाएपछि मुल मन्दिरको ढोका ।

पूजापछि मन्दिरको ढोकामा झेण्डाइएको अण्डा ।

सफा गरेपछि नवदुर्गाको मूर्ति ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।