१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा विद्यार्थी बोक्ने बसका चालक नै मापसेमा, १६ स्कुल बस कारबाहीमा



१५ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा विद्यार्थी बोक्ने सवारी चालकले मदिरा सेवन गरी गाडी चलाएको पाइएको छ।
ट्राफिक प्रहरीले मदिरा सेवन गर्ने चालकलाई कारबाही गरेका हुन्। स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियानअन्तर्गत कारबाही गरेको छ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ ।

यसअन्तर्गत विभिन्न स्कुलका पाँचवटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ०३ बजे