४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुद्धनगर डेराबाट चोरिएका सामानसहित भारतीय नागरिक पक्राउ



१५ साउन ०७९, काठमाडौं । काठमाडौं–१०, बुद्धनगरस्थित रोशन भण्डारीको डेराकोठाबाट गएको जेठमा चोरी भएका सामानसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गत जेठ ९ गते राति भएको चोरीको अनुसन्धान गर्ने क्रममा चोरीका सामान हो भन्ने जान्दाजान्दै खरिद गरेको अभियोगमा प्रहरीले यही साउन १३ गते साँझ ललितपुरको बालकुमारीबाट भारतीय नागरिक २९ वर्षीय सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो। भारतको मोतीहारी जिल्ला घोडासान थाना पूर्वी चम्पारम घर भएका जैसवाल ललितपुर बालकुमारीमा कवाड पसल सञ्चालन गर्छन्।

उनले कवाडी संकलन गर्ने व्यक्तिहरूबाट चोरीका सामान खरिद गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ। उनीबाट चाँदीका गहना २५१ तोला, सुनका गहना ९ ग्राम, विभिन्न ब्रान्डका टीभी ३ थान, चरेशका थाल ८, चरेशको गाग्री १, चरेशको कचौरा ५, करुवा १ थान बरामद गरिएको अपराध महाशाखाले जनाएको छ।

यसैगरी मोबाइल २ थान, घडी १ थान कब ट्र्याक लाइट ४ थान, पानी तान्ने मेसिन १, तामाको घैला १, खुकुरी १ थान, नेपाली रुपैयाँ १५ हजार र विभिन्न देशका नोट २६ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

सामानसहित पक्राउ परेका जैसवाललाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।