४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा १२ वर्षीय बालकसहित तीन जना मृत फेला



१६ साउन ०७९, ललितपुर । काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला परेका छन्। मृत फेला परेका एक जनाको भने सनाखत हुन सकेको छैन।

टोखा नगरपालिका – ११ बानियाँटारमा धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार मृत फेला परेका हुन्।

उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

नागार्जुन नगरपालिका – ६ घट्टेटारस्थित मनमती खोलाको बगरमा १२ वर्षीय बालक मृत फेला परेका छन्।

काठमाडौं बस्ने रामेछापको रामेछाप नगरपालिका – ९ घर भएका १२ वर्षीय मनिष शाही आइतबार मृत फेला परेका हुन्।

काठमाडौं महानगरपालिका १९ मरूहिटीमा पनि एक जनाको शव फेला परेको छ। उक्त शवको हाल नाम, थर, वतन नखुलेको छैन।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।