१७ साउन ०७९, काठमाडौं । काठमाडौंको टोखा, नागार्जुन र मरूहिटीमा एक एक जना गरि ३ जना एकै दिन मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार नगरपालिका ११ बानियाटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं नागार्जुन नगरपालिका ६ घट्टेटारस्थित मनमती खोलाको बगरमा काठमाडौं बस्ने रामेछाप, रामेछाप नगरपालिका ९ घर भएका १२ वर्षीय मनिष शाही आइतबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौं महानगरपालिका १९ मरूहिटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
१७ श्रावण २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया