५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलको नागदहमा नागपञ्चमी मेला



१७ साउन ०७९, ललितपुर । ललितपुर महानगरपालिका ४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ ।
नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए । कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन ।
सो मेलालाई व्यवस्थित बनाउन क्लब, सहकारी एवं महिला समूहका स्वयंसेवकले सहयोग गरिराखेका ललितपुर २४ का वडाध्यक्ष दिनेशजङ्ग पाण्डेले जानकारी दिए । उनले भने, “यहाँ लाग्ने मेला संरक्षणका लागि महानगरपालिकाले नगरस्तरीय योजनामार्फत कला र संस्कृति संरक्षणमा छुट्याएको रु एक लाखका साथै वडाले समेत सहयोग गरेको केही रकम प्रयोग गरी मन्दिर सजावटका साथै स्वयंसेवकको व्यवस्थापनमा जुटेका छौँ।” भक्तजनलाई सहजताको साथ मेला भर्न दिइने उनको भनाइ छ । धापाखेलमा आज बाजागाजा तथा झाँकीसहित बासुकी नागको पूजा तथा आराधना गर्ने गरिन्छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ११ बजे