७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकैदिन ८१४ जनामा कोरोना संक्रमण, उपत्यकामा ३१३ संक्रमित थपिए



१७ साउन ०७९, काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५३, भक्तपुरमा २४ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ५९८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सक्रिय संक्रमितमध्ये चार हजार ९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसन छन् ।अस्पतालमा रहेकामध्ये ३८ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।