४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका नेता बिजुक्छेँ भन्छन्, ‘नयाँ पुस्ता राजनीतिमा आउनुस्’




१८ साउन ०७९, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन् । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि स्वच्छरूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए ।
भक्तपुरमा मङ्गलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भने, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ ।” उनले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको औँल्याए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।