१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर चिरिवावुले ट्राफिक बोर्ड एकान्तकुना सडकमा राखेपछि विवाद सतहमा




१८ साउन ०७९, ललितपुर । प्रहरीले निकालेको ट्राफिक बोर्ड मेयर चिरिवावुले एकान्तकुना सडकमा राखेपछि विवाद सतहमा आएको छ ।ललितपुर महानगर र ट्राफिक प्रहरी कार्यालयबीच विवाद भएको छ । ललितपुर महानगरले ट्राफिक कार्यालयको कार्यादेश मिचेर नख्खु दोवाटोलाई वान वे गरेपछि विवाद उत्पन्न भएको हो ।
प्रहरी आइजिपि धिरज प्रताप सिंहको निर्देशनमा ट्राफिक प्रहरीले सो निर्णय कार्यान्वयन नगराउनका लागि बोर्डहरु निकालेपछि विवाद सतहमा आएको हो ।
महानर र ट्राफिकबीचको विवादपछि मातहतका ट्राफिकहरु कम गर्न असहज भएको बताउछन् ।
ललितपुरमा कार्यरत एक ट्राफिक प्रहरीले नाम नबताउने शर्तमा महानगरले जहाँत्यही ट्राफिक व्यवस्थापनमा हस्तक्षेप गरेर अस्तव्यस्त बनाएको बताए । उनले भने हामीले कसको निर्णय मान्ने हो आफू ट्राफिकको कुरा सुनौं कि महानगरको ?
मंगलबार चिरिवावु महर्जनले ट्राफिक बोर्डहरु राख्न सडकमा उत्रेर आफूल ललितपुरका विभिन्न सडकमा ट्राफिक वान वे बनाएको बताए । उनले यो आफ्नो नवौं निर्णय भएको बताउदै भने,‘अवरोध गर्नु पर्ने कुनै कारण छैन । गर्नै पर्ने खण्डमा म महानगरको मेयर हुँ । मेरो अधिकार क्षेत्रको ट्राफिक बोर्ड छापामार शैलीमा लैजाने कसलाई अधिकार छ ।’
महानगरका मेयर महर्जनले आफूले गरेको निर्णय स्थानीयबासीहरु खुशी रहेको दाबी गरेका छन् ।

महानगरकी उपमेयर मञ्जली शाक्यले महानगरको बोर्ड बैठकबाट ट्राफिक वान वे बनाउने हुनै निर्णय नभएको बताइन् । उनले भनिन्, ‘नगर प्रहरीको निर्णय होला ।’
ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले आफूहरु त्यस घटनाका विषयमा अध्ययन गरिरहेको बताए । उनले भने, अहिले यो विषयमा केही बोल्न मिल्दैन । हामी अध्ययन गरिरहेका छौं ।
ल्लितपुर महानगरले पाटनका विभिन्न सडकहरुमा वान वे बनाएर केही समय नगर प्रहरी तैनाथ गरे पनि व्यावहारमा कार्यान्वयन भइरहेको छैन । एक स्थानीयले भने, केही समय नगरप्रहरी सिटी बजाउदै आउँछ । पछि सडक खाली हुन्छ । वान वेमा गाडी निधक्क गुडेका छन् ।
महानगरले वान वे बनाएको सडकमा ट्राफिक उभिएर जरिवाना लगाउने गरेको छैन ।
उपत्यकाका अन्य १७ वटा नगरपालिकाले ट्राफिक प्रहरीको काम कारवाहीलाई कुनै हस्तक्षेप गरेका छैनन् । यी क्षेत्रको ट्राफिक व्यवस्थापना पनि ट्राफिकले नै हेर्ने गरेको हो ।
ट्राफिक प्रहरीबाट अवकाश पाएपछि हाल महानगरको नगर प्रहरी नियुक्त भएका सिताराम हाथेछु आएपछि नगरको ट्राफिक व्यवस्थापनका कर्मचारीहरुलाई सिटी बजाउदै सडकमा खटाउने गरेका छन् । महानगरको बोर्डबाट निर्णन नगरी उनलाई नियुक्ती दिएको भन्दै चिरीबाबु महर्जन अघिल्लो कार्यकालमा मेयर हुदा विवाद थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : ३३ बजे