७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा चिनियाँ नागरिक अपहरित, ६ जना पक्राउ



१९ साउन ०७९,काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरु चाहिँ सबै नेपाली नागरिक हुन् । उनीहरुसँग एक करोड रुपैयाँ फिरौटी मागिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।