४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


क्यानडा पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोककी शेर्पा गोकर्णेश्वरबाट पक्राउ



२० साउन ०७९ ,काठमाडौँ ।    वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१ की ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्।
डोमाले रत्न बहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जानको लागि जम्मा रु १४ चौध लाख रुपैयाँ लाग्छ।
क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु २ लाख भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट सात लाख रुपैयाँ रकम लिइ सम्पर्क विहीन भएकी थिइन्।
वैदेशिक रोजगार विभागबाट प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउका लागि गरिएको पत्राचारका आधारमा सो कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका अत्तरखेलबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।