७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


१२ थान अवैध मोबाइलसहित गौशाला बस्ने संदीप अहुजा पक्राउ



२० साउन ०७९ ,काठमाडौँ । प्रहरीले अवैध रुपमा बेच्न ल्याइएको १२ थान मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पञ्जाबस्थित जालन्धर नगर, सैदाँ गेट घर भइ हाल काठमाडौंको गौशाला बस्ने संदीप अहुजा रहेका छन्।
अहुजाले भारतबाट भन्सार छलि चोरी पैठारी गरी मोबाइल ल्याएर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा उनलाई फेला पारी कोठा खानतलासी गर्दा १२ थान मोबाइल फेला पारेको थियो।

बिक्री वितरण गर्ने उदेश्यले भन्सार छलि चोरी पैठारी गरी ल्याइएको सो मोबाइलसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।