१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का, चिच्चाउदै बाहिर निस्के सर्वसाधारण




ललितपुर खबर
२१ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा भर्खर भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प शक्तिशाली रहेकाले काठमाडौं ललितपुर भक्तपुरमा पनि महसुस गरिएको हो ।
भुकम्प गएपछि हल्ला गर्दै राजधानीका सर्वसाधारण चिल्लाउदै बाहिर निस्केका थिए ।

भुकम्प मापन तथा अनसन्धान केन्द्रका अनसार ५.३ म्यानिच्युटको भुकम्प रहेको छ । यसको केन्द्रविन्दु नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु रहेको बताइएको छ । राजधानीमा झरि परिरहेको बेला भुकम्प गएका कारण सर्वसाधारण त्रसित बनेका थिए ।

विहान ५ कजे २७ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो ।
साउन १५ गते खोटाड केन्द्रविन्दु भएर ६ म्यानिच्युटको भुकम्प गएको थियो भने २०७२ वैशाख १२ गते महाभुकम्प भएपछि निरन्तर ७ बर्षसम्म हजारौ पराकम्प गइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।