५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरको कस्मेटिक्स कारखानाबाट नक्कली कस्मेटिक्स सामानहरु बरामद




२१ साउन ०७९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँ बस्ती सर्बेश्वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रालि नामको कारखानाबाट नक्कली कस्मेटिक्स सामानहरु बिहीबार बरामद गरिएको छ ।
प्रहरीका अनुसार उक्त कारखानामा नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्त रुपमा खटिएको टोलीले बिभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामग्रीहरू स्याम्पु हेयर, ट्रिटमेन्ट क्रिम, हेयर ओयल लगायत नक्कली रूपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामान सहित फेला पारी बरामद गरेको हो ।
उक्त कारखानाबाट तयारी समानहरु म्भहभ लेखिएको ब्याक हेयर स्याम्पु ७३ कार्टुन, १ सय ९० कार्टुन, ३ सय कार्टुन, सेम्पो १ सय पिस, क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लिटरको ड्रम १ सय ६० थान, कच्चा पदार्थ भएको २५ केजीको बोरा २० थान, मिक्सर मेसिन ४ थान, टेपिङ्ग मेसिन १ थान, फिलिङ्ग मेसिन २ थान, प्याकिङ्गमेसिन थान, लेवलिङ्ग मेसिन १ थान, फिल इन मेसिन २ थान, मिति छाप्ने मेसिन १ थानबरामद भएको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागद्वारा थप अनुसन्धानका लागि उक्त कारखाना सिल गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३० बजे