६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सडक नबनेको भन्दै आइतबार पनि भैंसेपाटी सडक बन्द



ललितपुर खबर २२ साउन ०७९, ललितपुर ।  भैंसेपाटी सडक विस्तार पीडित समूहको आइतबार बिहान पनि सडक बन्द गरेको छ । यसअघि शनिबार पनि सडक बन्द गरेको समूहले आइतबार बिहान ८ देखि ११ बजेसम्म सडक बन्द गरेको हो ।

सन् २०१६–१८ मा सडक विस्तार सम्पन्न गर्ने कार्यक्रम सम्झौता भएको भएपनि ६ वर्ष वितिसक्दा पनि यो आयोजना सम्पन्न हुन सकेको छैन । सडकमा खाल्डाखुल्डी र धुलो धुवाँ र मूलसडकमा पनि अनियन्त्रित ट्रिपर गुड्ने गरेको स्थानीयले बताएका छन् ।  पीडित स्थानीय वासिन्दाहरुले आइतबार सरकारी बेवास्ता र ठेकेदारको लापरबाहीका विरोधमा आजबाट दैनिक सडक बन्द गर्ने जनाएका छन् ।

यसैबीच आइतबार नै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको विशेष पहल एवं स्थानीयवासी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशीको समन्वयमा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आयोजना प्रमुख कृष्ण ओझा, ठेकेदार शान्तकुमार श्रेष्ठ, स्थानीय वडा अध्यक्ष द्वय दामोदर खड्का, दौलत खत्री, महानगरपालिकाका बोर्ड सदस्य विकास कुमार रोक्का, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, भैसेपाटी, बुंगमती, खोकना, छम्पी लगायतका स्थानीयहरू, जिल्ला सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठकमा आयोजना प्रमुख तथा ठेकेदारले सोमबार बिहान देखि नै बाटोको खाल्डाखुल्डी टाल्ने र लगातार कामहरु गर्दै दशैं अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको छ ।

सो सम्बन्धित लिखित सहमति पत्र ठेकेदारले आयोजना प्रमुखलाई बुझाउने र आयोजना प्रमुखले सम्बन्धित वडा अध्यक्ष हरुलाई लिखित पत्राचार गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : १० बजे