३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इजरायल र विद्रोही लडाकूबीच युद्ध विरामको सहमति



२३ साउन ०७९,गाजा सिटी । इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो ।
गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।
शुक्रबारदेखि इजरायलले गाजमा इस्लामिक जिहादीका आश्रयमा भारी हवाई तथा तोपखानामार्फत हमला गरेको थियो । जबाफमा लडाकुहरूले सयौँ रकेट प्रहार गरेका थिए ।
शुक्रबारदेखि भएको हमलामा ६ बालबालिकासहित ३१ प्यालेस्टिनी मारिएका छन् भने २७५ जना घाइते भएका छन् । गोलाबारी धेरै भवन ध्वस्त भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । दुई इजरायलीहरू छर्राबाट घाइते भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।