६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लामाटारमा मोटरसाइकल दुर्घटना, झरुवारासीका नगरकोटीको मृत्यु



२४  साउन ०७९, ललितपुर । महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई  सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन् ।  दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।