१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बन्चरेडाँडामा फोहोर खन्याउन अवरोध, फोहोर बोकेका १४ टिपर र डोजरमा तोडफोड(तस्बिरसहित)



२४  साउन ०७९, काठमाडौं । बन्चरेडाँडाका बासिन्दाले काठमाडौंको फोहोर खन्याउन अवरोध गरेका छन् । मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै स्थानीयले फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका तीन वटा डोजरमा तोडफोड गरेका छन् ।

महानगरसँग आफुहरुले राखेका माग बेवास्ता गरेको उनीहरुको आरोप छ । यसअघि पनि उनीहरुले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका थिए ।

सडक मर्मतलगायतका माग राख्दै एक महिनादेखि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् । यसअघि महानगरसँग १८ बुँदे सम्झौता कार्यान्वयन नभएको स्थानीयको आरोप छ । स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर चोक चोकमा थुप्रिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : ०३ बजे