६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा निःशुल्क मनोसामाजिक परामर्शको जानकारी



२४  साउन ०७९, ललितपुर ।  गोदावरी नगरपालिका वडा नं १४ ठैबमा निःशुल्क मनोसामाजिक परामर्श बारे जानकारी प्रदान गर्ने गरिएको छ । गोदावरी सरोकार संस्थाले मानसिक समस्याका साथै पीडा लिएर आउने व्यक्तिलाई सो ज्ञान दिने गरेको हो ।

हामीले हप्ताको मङ्गलबार र बुधबार मानसिक समस्याबाट पीडित व्यक्तिलाई उक्त तालिम दिने गरेको र आवश्यक पर्नेलाई पनि दिइने भएको संस्थाका संस्थापक अध्यक्ष बेबी राजभण्डारीले बताइन् ।  उनले भनिन्, “हामीले यस विषयको विज्ञबाट प्रशिक्षण दिने गरेका हौं । कोही व्यक्तिले यस विषयकोसल्लाह तथा सुझाव चाहेमा आवश्यक ज्ञान दिनेछौं ।” यसैगरी गोदावरीका युवा तथा महिला र पुरुषको हितमा यही साउन १८ गतेदेखि आउँदो ३० गतेसम्म उद्घोषणकला तथा नेतृत्व विकास तालिम समेत आयोजना गरी आफूलाई समस्या पर्दा बोल्न सक्ने व्यक्ति खडा गर्ने गरेको राजभण्डारीले जानकारी गराइन् ।

त्यसैगरी सरोकारले लैङ्गिकका साथै महिला तथा मानसिक स्वास्थ्य एवं युवा प्रजननका साथै सिपमुलक र सौन्द्रर्य कला हुँदै चिप्स अनि दालमोठ आदि बनाउने ज्ञान समेत छरिरहेको राजभण्डारीको भनाइ छ । सोका अलवा संस्थाले हरेक व्यक्तिका परिवारमा राम्रो मेलमिलाप होस भनेर १० लाई अभिभावक शिक्षाको जानकारी समेत दिइसकेको प्रशिक्षक अनिता महर्जनले बताइन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : २२ बजे