६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको गोदावरीमा भुपतेश्वर शिवलिङ्ग प्रतिस्थापन




२४ साउन ०७९,ललितपुर । गोदावरी नगर ३ गोदावरीमा भुपतेश्वर शिवलिङ्ग प्रतिस्थापन गरिएको छ ।

गोदावरीका मोतिचौरवासीले आज साउन महिनामा शिवको पूजा र आरधना गरेसँगै महादेव मूर्ति प्रतिस्थापन गरेका हुन् ।
गएको गोदावरीको बाह्रवर्षे अर्थात सिंहअस्त मेलादेखि उक्त स्थानमा महादेवको मूर्ति प्रतिस्थापन गर्ने योजना बमोजिम आज सो काम सम्पन्न गरिएको स्थानीय रविन सिलवालले बताए । उनले भने, “हाल साउन अर्थात शिवको महिना रहँदा व्रत तथा पूजापाठ गरे फल प्राप्त हुने धार्मिक विश्वासका साथ शिवलिङ्ग प्रतिस्थापन गरेका हाँै ।”
सो मूर्ति मोतिचउरमा राख्नका लागि नगरपालिकाका साथै स्थानीयले पनि रकम सहयोग गरेका सिलवालले बताए ।
उक्त शिवालय भन्दा केही पर ललितपुरकै ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको गोदावरी कुण्डसँगै सिद्धेश्वर महादेवको मन्दिर समेत रहेको छ । सो मन्दिरमा हरेक बाह् वर्षमा मुलकका ७७ जिल्लाका मानिसले उल्लाहसका साथ मेला भरी पाप नास गर्ने गर्छन् ।
उक्त मन्दिरमा हरेक सोमबारका साथै पूर्णिमा, शिवरात्री, जनैपूर्णिमा, माघ महिना आदिमा विशेष मेला लाग्ने गर्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : २९ बजे