८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विकाशलाई विष्णु नाति फोटो पत्रकारिता पुरस्कार




२४ साउन ०७९, काठमाडौं । यस वर्षको विष्णु नाति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ ।
फोटोको माध्ययमबाट कला संस्कृतिको क्षेत्रमा योगदान पु¥याएको भन्दै द्वारेलाई रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । यो पुरस्कार प्राप्त गर्ने द्वारे पहिलो व्यक्ति रहेका छन् । आगामी दिनमा यसलाई निरन्तरता दिने आयोजक संस्थाका संस्थापक नातिकाजी महर्जनले जनाकारी दिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठेले पत्रकारिताको उत्कृष्ट विधा फोटोपत्रकारिता रहेको बताएका छन् । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताएका हुन् ।
फोटो पत्रकारिताको माध्यमबाट कला संस्कृतिको संरक्षण गर्न र त्यससम्बन्धी जानकारी दिन पनि ठूलो योगदान रहने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।