१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका लूभुका राजथला सामाजिक सञ्जालबाट महिलालाई अपमान गरेको आरोेपमा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२६ साउन ०७९, काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ८ लुभु बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा नक्कली प्रोफाइलमार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लिलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक् सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भनि बाध्य पारी पीडित महिलालाई समेत अश्लिलता प्रदर्शन गर्न लगाई रेकर्ड राखी सामाजिक सञ्जालमा प्रशारण गर्छु भनि बारम्बार बार्गेनिङ सहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लिलता प्रदर्शनसंग सम्वन्धीत रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दुःख हैरानी दिने जस्ता कार्य गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।