७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शितलनिवास अगाडि निहारिकाको आत्मदाह प्रयास



२७ साउन ०७९,काठमाडौं । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै आत्मदाह प्रयास गरेकी कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले जोगाएको छ।
राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाएको हो।
शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो।

यसअघि आफूले न्याय नपाएको भन्दै बसन्तपुर र माइतिघरमा लामो समय अनसन बसेकी थिइन्। निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो।सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन्। तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्। उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।