६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु



२९ साउन ०७९,काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

४,८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

२,३०८ पीसीआर परीक्षणमा ३०५ र २,५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ। त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।