२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


८४८ जनामा कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु



३१ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार मंगलबार एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

एक दिनमा कुल पाँच हजार ६१९ कोरोना परीक्षण हुँदा २ हजार ७२२ पीसीआर परीक्षण र २ हजार ८९७ एन्टिजेन परीक्षण भएको थियो । यसरी पीसीआर परीक्षण गर्दा ३९९ जना र एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३५ जना, ललितपुरका २९ जना र भक्तपुरका सात जना छन् ।

मन्त्रालयका अनुसार मंगलबार ५२६ जनाले संक्रमण जितेका छन् । अहिले नेपालमा कुल पाँच हजार २५९ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।