१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने सुनार पक्राउ




१ भदौं ०७९, काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौँ सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको पल्सर मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाउँदै गरेको अवस्थामा सुनारलाई पकनाजोलबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।
पक्राउ सुनारले वास्तविक नम्बर बागमती प्रदेश ०२–०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२–०२० प ३९६८ नम्बर बनाएर चलाएको फेला परेको प्रवक्ता भट्टले बताए । ट्राफिक प्रहरीले पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।