१३ कार्तिक २०८१, मंगलबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलंकीमा रहेको खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन



२ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ ।  वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो ।

नदी प्रदूषण भएको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १ : १२ बजे