
२ भदौं ०७९, काठमाडौं । काठमाडौंबाट प्रहरीले हुन्डीको रकमसहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका हो । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।
घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।







प्रतिक्रिया