१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टेकु ट्रान्सफर स्टेसनको फोहोर लैजान टिपर व्यवसायीको सहयोग



२ भदौं ०७९, काठमाडौं । काठमाडौं टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोर बञ्चरेडाँडामा लैजाने काम सुरु भएको छ । हप्तौंदेखि थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लैजान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको छ ।

महानगरपालिकाका अनुसार बिहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका १८ वटा, समानान्तर निर्माण सेवाका ३० वटा महानगरका १२ वटा गरी ६० वटा टिपरले ट्रान्सफर स्टेसनबाट फोहोर ढुवानी गरेका छन् । थुप्रिएको फोहोर लैजान थालेपछि टेकुका बासिन्दा खुशी भएका छन् ।

समितिले उपलब्ध गराएका टिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।

फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने शृंखला चलिरहेको बेलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।