११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धरानका मेयर हर्ष साङ्गपाङ्गले भने, ‘काठमाडौंको फोहोर उठाउन नसक्नेले ठूलो कुरा नगरे हुन्छ’




३ भदौं ०७९, काठमाडौं । धरानका मेयर हर्ष साङ्गपाङ्गले राजधानी काठमाडौंको फोहोर उठाउन नसक्नेले ठूलो कुरा गर्न नहुने बताएका छन् । सामाजिक सञ्जालमा भिडियो राख्दै मेयर साङ्गपाङ्गले ठूलो कुरा नगर्न छोडेर फोहोर सोर्न आह्वान गरेका छन् ।
उनले काठमाडौंमा फोहोर नउठेको भन्दै आलोचना गरेका हुन् ।
उनले धरानमा कुनै गल्लीमा फोहोर देखे आफूलाई भन्न आग्रह गर्दै आफुले ५ मिनेटमा उठाई दिने बताएका छन् । उनले आफूले धरानमा फोहोर फ्याके जरिवाना तिराउने बताउदै जंगलको डम्पिङ्ग साइटमा फोहोर रहेको बताए ।
मेयर हर्ष साङ्गपाङ्गले काठमाडौंको फोहोर नउठेसम्म आफूले प्रहार गरिरहने बताएका छन् ।
सडकमा फोहोर रहेको अवस्थामा पर्यटक नआउने भन्दै उनले सत्य कुरा स्वीकार्न भनेका छन् । काम गर्न र फोहोरमा राजनीनि नगर्न उनको अनुरोध थियो ।
फेसबुकमा मुख बजाउनेहरुलाई युवा संघसंग मिलेर फोहोर सार्न उनको अनुरोध छ । धरानबाट सिक्न आग्रह गर्दै आफूले फोहोरबाट ग्यास र मल बनाउने बताएको छन् । उनले यो भिडियो विरोधिलाई पोष्ट गरेको बताउदै विरोधले केही नख्यास्ने उनको भनाई छ । उनले धरानबाट नभई काठमाडौंलाई चारैतिरबाट प्रहार गर्नु पर्ने धारणा राखेका छन् ।

 

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।