३ भदौं ०७९,ललितपुर । शनिबार ललितपुरको सुनाकोठीस्थित वालकुमारी चौरमा भिमसेन पुजा भव्यताका साथ गरिने भएको छ । भाद्रकृष्ण नवमीको दिन स्थापना गरिएको भीमसेन (भिंद्यो) को बिषेश पूजा हुने सुनागुथी समाजका सचिव बाबुराजा महर्जनले बताए ।
केही बर्षअघि एउटै शिलामा कुँदिएको १२ फिट भीमसेनको मूर्ति निर्माण गरिएको थियो ।
वडाअध्यक्ष हरि कृष्ण महर्जनका अनुसार पछिल्लो समय यहाँ भिमसेनको पूज ागर्न मेला नै लाग्ने गरेको छ । उनका अनुसार शनिबार विहान यहाँ पुजापाठ, होम गरेर साँझ नगरपरिक्रको कार्यक्रम राखिएको छ । कोरोना माहामारीका कारण गएका वर्षहरुमा विवित पूजा मात्रै गरिएकाले यो बर्ष विषेश पूजा हुने उनस् बताउछन् ।
समाजका सचिव बाबुराजा महर्जनले बिहानदेखि यस दिन मेला लाग्ने बताए ।
श्निबार नै पाटनमा भिमसेनको विशेष पुजा गरिन्छ । यहाँ हरेक टोलमा समयबजी राखेर भिमसेन पूजा गरिने कार्यक्रम छ ।
३ भाद्र २०७९, शुक्रबार
0
Shares
प्रतिक्रिया