५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालमा अमृत कोष स्थापना



३ भदौ ०७९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमृत कोषको स्थापनाले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक थालनी भएको बताएकी छन् ।
परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा अमृत कोषको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
नेपाली समाजमा आमाको दूध दान गर्ने कार्य पुरानो अभ्यास भएपनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरूबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने कार्य सुरुवात गरेको भन्दै उनले प्रशंसा गरिन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ४१ बजे