३ भदौं ०७९, ललितपुर । पाटन कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारीको दर्शनका लागि आज ३ घण्टा दर्शनार्थीलाई रोकिएको छ ।
प्रहरी तथा नगर प्रहरीले करिव २ बजेदेखि मन्दिर दर्शन गर्न लाइन बसेका भक्तजनलाई राकेको हो ।
मन्दिरमा इमाडोलबाट दर्शन गर्न आएकी रमा घिमिरेले प्रहरीले
दर्शन गर्न रोकेपछि आफू भोक र तिर्खाले हैरान भएको बताइन् । उनले भनिन्, ‘राजाको पालामा पनि यस्तो हुँदैनथ्यो । राष्ट्रपति आउदा आधा घण्टा रोकेको भए भै हाल्थ्यो नि ।’
मन्दिरको लाइन रोकेपछि मेयर चिरीबाबु महर्जनलगायत मन्दिरपरिसरमा लाइन लागेर स्वागत गर्न बसेका थिए । लामो समयसम्म ललितपुरका सासंदहरुविशिष्ट श्रेणीका कर्मचारी र जनप्रतिनिधिहरु समेत स्वागतमा लाम बसेका थिए ।
मन्दिर परिसरमा स्काउट,रेडक्रसलगायतले स्वयमसेवा गरेका थिए ।
राष्ट्र पति भण्डारीले दर्शन गरेर फर्केपछि मंगलबजारमा झन् लामो लाइन देख्न सकिन्थ्यो ।
३ भाद्र २०७९, शुक्रबार
0
Shares
प्रतिक्रिया