४ भदौ ०७९, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका १२ मुखिया गाउँ बस्ने २८ वर्षीय बिक्की रोक्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १ दहचोकबाट धादिङ गजुरी गाँउपालिका ८ घर भएका २२ वर्षीय राम बहादुर तामाङको बा. प्र –०२–०२८ प ९२२२ नम्बरको मोटरसाइकल साउन १८ गते चोरी भएको थिए । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका २ स्थित सडकमा नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा बिक्कीको साथबाट उक्त मोटरसाइकल फेला पारी पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
४ भाद्र २०७९, शनिबार
0
Shares
प्रतिक्रिया