ललितपुर खबर
५ भदौं ०७९, काठमाडौं । काठमाडौंको शान्तिबाटिकामा राखिएको राष्ट्रिय झण्डा च्यातिएको छ ।
म्हानगरको व्यवस्थापनमा रहेको शान्ति वाटिकामा एक वर्षअघि राष्ट्रिय झण्डा एक महिनादेखि च्यातिएकै अवस्थामा रहेको रत्नपार्कमा व्यापार गर्ने रमेश माझीले बताए । उनले सार्वजनिक स्थानमा राखिएको राष्ट्रिय झण्डा च्यातिएर विजोक हुँदा पनि कसैले वास्ता नगर्नु लाजमर्दो भएको बताए ।
उनका अनुसार यही सडक भएर सरकारी प्लेटका सयौं गाडी ओहोरदोहोर गर्छन । महानगरका गाडी पनि बेला बेलामा गुड्छन् । तर पनि झण्डामा कसैको आँखा गएको छैन ।
महानगरमै रत्नपार्क प्रवेशका लागि टिकट काट्ने काउण्टर छ । यहाँ महानगरका कर्मचारी सधै १० बजेदेखि ५ बजेसम्म डिउटी गर्छन् ।
५ भाद्र २०७९, आइतबार
0
Shares
प्रतिक्रिया