७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कर्मचारीले सिंहदरबारको गेटमा बाँडे पर्चा



५ भदौं ०७९, काठमाडौं ।  निजामती कर्मचारीहरूले सिंहदरबारस्थित गेटमा पर्चा बाँडेका छन्। आइतबार बिहान ९ :३० बजेदेखि १० :३० बजेसम्म कर्मचारीहरूले सिंहदरबार प्रवेश गर्ने मन्त्री, सांसद र कर्मचारीलाई पर्चा बाँडेका हुन्।

संयुक्त ट्रेड युनियन सञ्जालले सङ्घीय संसदको चालु अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। उनीहरुले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग पर्चामा उल्लेख गरेका छन्। मुलुक सङ्घीय राज्य प्रणालीमा गएको लामो समयसम्म पनि सोको व्यावहारिक कार्यान्वयनको लागि प्रशासन व्यवस्थापन सम्बन्धी कानुन नबनेकाले सरकारको ध्यानाकर्षण गराउन पर्चा वितरणको कार्यक्रम राखिएको आन्दोलित कर्मचारीले बताए।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।