१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बन्द गर्दै हिड्ने मंगलबजारबाट एकजना पक्राउ, प्रहरी भन्छ, ‘बन्द छैन’



साँकेतिक तस्विर : इन्टरनेट

ललितपुर खबर
७ भदौं ०७९, ललितपुर । विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा ललितपुर मंगलबजार टंगालबाट एक जना पक्राउ परेका छन् ।
ललितपुर प्रहरी प्रवक्ता सुधिरराज शाहीका अनुसार बन्द गर्दै हिडेको अवस्थामा उनलाई पक्राउ गरि प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।
उनका अनुसार ललितपुरमा बन्दको प्रभाव छैन । यहाँ पसल व्यावसाय र सवारीसाधन नियमित चलिरहेका छन् । चापागाँउ, गोदावरी र लुभु क्षेत्रबाट पनि अप्रिय खबरहरु प्राप्त नभएको उनको भनाई छ ।

महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि द्वारिका घिमिरेका अनुसार यस क्षेत्रमा सबै खाले गाडी चलिरहेका छन् । भने पसलहरु पनि खुला छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।