८ भदौ ०७९,काठमाडौं । शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका एक कैदी फरार भएका छन्। बुधबार दिउँसो ४ देखि सवा ४ को बीचमा रामेछापका भोला बुढाथोकी फरार भएका हुन्। नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको पुष्टि गरे। बुढाथोकीको एउटा हातमा मात्रै हतकडी लगाइएको थियो।
उपचारका लागि भित्र पठाउँदा एउटा हातको हतकडी खोलिएको थियो। त्यही मौकामा उनी फरार भएको लामिछानेले बताए। कैदी बुढाथोकीलाई आँखा जाँचका लागि अस्पताल लगिएको थियो। पहिल्यै झुसिलकिरो बिझेको भन्दै उनी नियमित चेकजाँचका लागि जाने गरेका थिए।
प्रतिक्रिया