५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्खु जेलका कैदी फरार, छानविन समिती गठन




९ साउन ०७९, ललितपुर । ललितपुरको नख्खु कारागारमा रहेका र नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचार क्रममा अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी उपचारका क्रममा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ७ : २३ बजे