२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रानीवनबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ



९ भदौ ०७९, काठमाडौं । काठमाडौंको रानीवनबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले धादिङको थाक्रे गाँउपालिका ५ गौरीखर्क घर भई हाल काठमाडौंको बाफल बस्ने ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि आज प्रहरी वृत्त स्वयम्भु पठाइएको छ। मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६ ६९ लाई परिर्वतन गरी बागमती प्रदेश ०२–०३१प ५८७ नम्बर राखी चलाउँदै गरेको अवस्थामा भदौ ८ गते, बुधबार बेलुकी ७ बजेको समयमा उनलाई काठमाडौंको रानीवारी सडकबाट नियन्त्रणमा लिएको थियो।
बागमती प्रदेश ०२–०२२प ३६ ६९ नम्बरको मोटरसाइकल चोरी भएको भनि धादिङको सल्यानकोट त्रिपुरासुन्दरी ४ घर भई हाल काठमाडौंको नागार्जुन गैरीगाँउ बस्ने दिपेन्द्र दाहालले २०७९ वैशाख ५ मा प्रहरी वृत्त स्वयम्भूमा लिखित निवेदन दिएका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।