१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा एक हजार बढी डेंगु संक्रमित, ललितपुरमा मात्रै ७ सय २६ जना



१० भदौं ०७९,काठमाडौं ।  काठमाडौं उपत्यकामा डेंगु संक्रमितको संख्या एक हजार नाघेको छ । संक्रमितको संख्या काठमाडौंमा २९३ र ललितपुरमा ७२६ पुगेको छ ।
भक्तपुरमा पनि २० जनाभन्दा बढीमा डेंगु पुष्टि भएको भक्तपुरका स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौंमा यो वर्ष असार ९ गते ललितपुर महानगरपालिका वडा नम्बर ५ देखि डेंगु आउटब्रेक भएकोमा दुई महिनामा नै यो संख्या एक हजार नाघेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगुका २३ जना बिरामी उपचाररत रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ३७ बजे