२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उपत्यकाका बार र क्लबमा महंगो ब्राण्डका नक्कली रक्सी



१० भदौं ०७९,काठमाडौं ।  काठमाडौं उपत्यकामा विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ ।
काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार वलीको डेरा र फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको छ ।
प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायत पनि बरामद गरेको छ । प्रहरीले विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादनमा संलग्न पाँचजनालाई पक्राउ पनि गरेको छ ।
यसरी पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका(१ घर भई काठमाडौंको कोटेश्वरमा बस्‍दै आएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका(८ घर भई भक्तपुरको चाँगु नारायण बस्‍ने ३९ वर्षीय भगवान बस्‍नेत, कालिञ्‍चोक गाउँपालिका(४ घर भई महाबौद्ध बस्‍ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका(२ घर भई हाल काठमाडौंको मूलपानी बस्‍ने २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका(९ घर भई हाल ठमेल बस्‍ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।