५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका स्वर्गीय पत्रकार बटुककृष्ण कार्कीको नाममा पुरस्कार स्थापना




१० भदौ ०७९, ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाले संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको नाममा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।
स्वर्गीय कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै आज उनको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो ।
सो पुरस्कार प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाई काम गर्ने र गरिरहेका एक पत्रकारलाई प्रदान गरिने भएको युनियन ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए । उनले भने, “यस पुरस्कार अन्तर्गत हामीले रु २५ हजार नगद राशी प्रदान गरी हरेक वर्ष सम्मान गर्नेछाँै ।” युनियनको कार्यसमितिले स्वतन्त्र व्यक्तिको कार्यदल बनाएर पत्रकार छनोट गरी कुनै राजनीतिक पूर्वाग्रह बिना पुरस्कार प्रदान गर्ने भएको दाहालको भनाइ छ ।
सो कार्यलाई निरन्तर अघि बढाउन आफूहरुले रु ११ लाख ११ हजार एक सय ११ को रकमको अक्षयकोष स्थापना गर्ने भएको दाहालले बताए । “यस शाखा २०५४ सालमा स्थापना हुँदा स्वर्गीय कार्की संस्थापक अध्यक्ष रहेका र उनले २०६७ सालसम्म निरन्तर तीन कार्यकाल अध्यक्ष चलाउनुभएको थियो”, उनले भने ।
कार्कीले पत्रकारिता क्षेत्रलाई ललितपुरमा सक्रिय र चलायमान बनाउन योग्दान गर्नाका साथै २०५४ पछि ‘एक गाबिस एक पत्रकार’ अभियान अन्तर्गन प्रेस कर्मीको बढुवा र क्षमता अभिवृद्धि गर्न समेत योगदान गरेको सो शाखाका संस्थापक सदस्य सुर्य नेपालले बताए ।
स्वर्गीय कार्कीको मृत्यु लगभग १५ महिना अघि भएको थियो ।

 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।