१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


न्युरोडस्थित अष्ट सहकारीले गरेन बचतकर्ताको पैसा फिर्ता



बच्चा बोकेर सहकारी कार्यालयमा धाउदै बचतकर्ता अञ्जु तामाङ । लेन्स : ललितपुर खबर

ललितपुर खबर
११ भदौं ०७९, काठमाडौं । काठमाडौं न्युरोडस्थित बचत अष्ट तथा ऋण सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिई सास्ती दिई रहेको छ ।
काठमाडौं असनमा बस्दै आइरहेकी अञ्जु तामाङ शुक्रबार सहकारीको कार्यालयमा आफूले मुद्दतीमा राखेको २ लाख रुपैयाँ फिर्ता लिन आए पनि पाइनन् । उनलाई सहकारीले ५ हजार दिएर पठायो ।
तामाङ्ग आफूले राखेको २ लाख बचतको अवधि एक महिनाअघि नै सकिएको भए पनि सहकारीले पैसा फिर्ता नदिई सास्ती दिइरहेको बताउछिन् ।
उनलाई साउन ३१ गतेका दिन ५० हजार रुपैयाँको चेक दिइएको भए पनि खातामा नभएपछि उनले पाएकी छैनन् ।
सहकारीको रिसेप्सनमा काम गर्ने एक कर्मचारीका अनुसार गतअसारदेखि नै सहकारीमा समस्या आएको छ । सहकारीका अध्यक्ष अनिल खड्काले नै सबै कारोबार हेर्ने हुँदा पैसा फिर्ता लिन आउनेहरुलाई सिधै खड्कासँग भेट गराउने गरिएको छ । पछिल्लो समय कसैलाई पनि बचत फिर्ता गरिएको छैन ।


खड्का आएका बचतकर्तालाई भेट्छन् । पैसा चाडै दिन्छु म कारोबार मिलाउन दौडिरहेको छु भन्दै चिप्लो कुरा गर्छन् । अनि बचतकर्तालाई मख्ख पारेर फर्काउछन् ।
बचतकर्ता फेरि सहकारीमा आउदा यस्तै हर्कत दोहोरिन्छ । बचतकर्ता तामाङ भन्छिन्, ‘मैले विरामी हुँदा समेत पैसा पाइन । आमाको कोठामा बस्छु । इटहरी घर फर्कनु पर्ने पैसा नपाएर जान सकिएन ।’ बच्चा काखमा बोकेर कार्यालय परिसरमा भेटिएकी उनले भनिन्,‘पैसा पाए गाँउ जान्छु भनेको धेरै दुख पाइसके ।’
कार्यालयमा अध्यक्ष खड्का भेटिएनन । उनी हेटौडा भएको भन्दै आउने बचतकर्तालाई फर्काइएको थियो । अध्यक्ष खड्काले फोन कहिले पनि नउठाउने अञ्जु बताउछिन् ।
सहकारीमा अञ्जुले मात्रै होइन । उनको आमा काञ्छी तामाङ र ले पनि पैसा बचत फिर्ता पाएका छैनन् ।
सहकारीमै भेटिएका गम्भिरमान श्रेष्ठले पनि तीन लाख पचारस हजार र अमृतमान श्रेष्ठले २ लाख पैसा फिर्ता नपाएको गुनासो गरे ।
पछिल्लो समय सहकारी जिद्दी गर्ने बचतकर्तालाई ५ देखि १० हजारसम्म दिएर फर्काउने गरेको छ ।
सहकारीको मार्केटिङमा काम गर्ने निराजन कार्कीले आफूहरु कारोबार सहज गर्ने प्रयास गरिरहेको बताए । सहकारीका अफिसर अशिष पन्तले दुई तीन महिनामै कारोबार सहज हुने बताए । उनले भने, सानो सहकारी हो । ठूलो समस्या आउदैन ।
सहकारीका अध्यक्ष अनिल खड्का सम्पर्कमा आउन चाहेनन् ।
एनका अनुसार काठमाडौंको कोटेश्वरमा समेत सहकारीको शाखा छ । १४ करोडबराबर सहकारीको पुजी रहेको उनको भनाई छ ।
९८४३२७९१२३

 

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : ५२ बजे